सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व सशस्त्र प्रहरीको सुदूरपश्चिम अध्यक्षमा रावल

२०७६ माघ २५, ०९:५१ खबर संवाददाता

अत्तरिया- पूर्व सशस्त्र प्रहरीको सुदूरपश्चिमको तदर्थ समितिको अध्यक्षमा हर्कबहादुर रावल निर्वाचित भएका छन्। शनिबार नेपाल सशस्त्र प्रहरी कर्मचारीको प्रदेश भेलाबाट रावल अध्यक्षमा निर्वाचित भएका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियामा भेला भएको थियो। रावलको अध्यक्षतामा १५ सदस्यीत तदर्थ समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा अवकास प्राप्त सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक पदम सिंह ऐर, सचिवमा दिल बहादुर खलौला, सह–सचिवमा रुप कोली, कोषाध्यक्षमा जमनसिंह भण्डारी, सह–कोषाध्यक्षमा पदम महरा चयन भएका छन्।

सदस्यहरुमा कुस्माकर जोशी, रमेश बोहरा, राजेन्द्र बोहरा, सुरज कुँवर, मञ्च तामाङ, जित राज कुँवर, भिम सिंह थापा, रमेश कुँवर र प्रेम सिंह धामी रहेका छन्। अवकास प्राप्त सशस्त प्रहरी उपरिक्षक लाल बहादुर सिंह बरिष्ठ सल्लाहाकार रहने गरी १० सदस्यीय सल्लाकार समिति मसेत गठन गरिएको छ।

पूर्व सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक रावलको सभापतित्वमा भएको उद्घाटन सत्रका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनी पति गोबिन्द क्षेत्री रहेका थिए। उनले सशस्त्र प्रहरी स्थापनाको १९ वर्ष पुरा भईसकेको अवस्थामा पनि अवकास पाएका कर्मचारी संगठित हुन नसकिरहेको अवस्थामा ढिलै भएपनि संगठित हुनु सकारात्मक भएको बताए। उनले अवकास प्राप्त सशस्त्र प्रहरीले पनि देशको विकासमा योगदान दिन सक्ने बताएका छन्। 

प्रहरी उपरिक्षक रावलले पूर्व सशस्त्र प्रहरी संगठीत भई भौतिक, आर्थिक र सामाजिक स्तर बढाउनको लागि सहयोग पुग्ने बताए। उनले संगठनको केन्द्रिय कार्यालयको मातहतमा रहने गरी प्रदेश शाखा बिस्तार गरिएको बताए। 
 

कमेन्ट लोड गर्नुस