सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिक प्रहरीलाई सूचना बोर्ड

२०७६ माघ २५, ०८:३९ खबर संवाददाता

सिद्धार्थ बैंकले ट्राफिक प्रहरीलाई सूचना बोर्डहरु हस्तान्तरण गरेको छ। कैलालीको अत्तरियामा रहेको बैँकको शाखाले सामाजिक उत्तरदाहित्व अन्र्तगत ३७ बोर्ड प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो।

बोर्डमा ट्राफिक सचेतना सम्बन्धि जनचेतना मुलक सन्देशहरु लेखिएका  छन्। सिद्धार्थ बैंकका अनुसार सवारी दुर्घटना न्युनिकरणका लागि सूचना बोर्ड सहयोगि हुने छन्। सवारी चालक तथा यात्रुहरुले सूचना बोर्डमा राखिएका सन्देशहरुबाट सडक सम्बन्धीका नियमहरुको बारेमा पनि जानकारी पाउँनेछन्। उक्त बोर्डहरु सडकका छेउमा लगाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस