गोदावरीकाे सरस्वती माविको वार्षिकोत्सव सम्पन्न
कैलाली: कैलालीको गोदावरी नगरपालिका– ९ सेहरीमा रहेको सरस्वती माध्यामिक विद्यालयको ५३औँ वार्षिकोत्सव सम्पन्न भएको छ। वार्षिकोत्सवमा सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री दिर्घबहादुर सोडारी प्रमुख आतिथी रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सोडारीले विद्यालय भवन मर्मत तथा रंगरोगनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समाहरोहमा विद्यालयका प्रधानाध्यापक बेदप्रसाद ओझाले विद्यालयको आयव्यय प्रस्तुत गरेका थिए।
उक्त समारोहका विशिष्ट अतिथि गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायत, नेकपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्य उद्धवराज भट्टराई, गोदावरी नगरपालिका ९ का वडा अध्यक्ष लाहनु चौधरी रहेका थिए।