मदिरा व्यवसायीको राष्ट्रिय गोष्ठी धनगढीमा सम्पन्न
धनगढी- मदिरा व्यवसायी महासंघ सुदूरपश्चिमको आयोजनामा एक दिने राष्ट्रिय गोष्ठी धनगढीमा सम्पन्न भएको छ। मदिरा व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष आशोक पाण्डेको अध्यक्षतामा भएको गोष्ठीमा सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट प्रमुख अतिथि रहेकी थिइन्।
उनले मदिरा व्यवसायीहरुको व्यवसाय सुरक्षाका लागि प्रदेश सरकार तयार भएको बताईन्। मदिरा व्यवसाय भित्र हुने विकृतीहरुलाई अन्त्य गर्नु पर्ने उनले बताईन्। सुदूरपश्चिम प्रदेशमा घरेलु मदिरा पनि बिक्रि हुदै आएको बताउँदै उनले घरेलु मदिारालाई निशेधित पार्नुपर्ने बताईन्।
गोष्ठीमा उद्योग बाणिज्य विभागका निर्देशक प्रेमप्रसाद लुईटेल, मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनम शेर्पा, बाणिज्य संघका केन्द्रिय अध्यक्ष राम श्रेष्ठ, मदिरा व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, विभिन्न प्रदेशका अध्यक्षहरु लगायत तीन सय बढि व्यवसायीको सहभागिता रहेको सुदूरपश्चिम महासंघका सचिव नारायण लम्सालले बताए।