अखिल(छैठौं) कैलालीको अध्यक्षमा आर्चाय
२०७६ माघ २५, ०७:२६
धनगढी: अखिल(छैठौं) कैलाली जिल्ला समितीको अध्यक्षमा जनक आचार्य निर्वाचित भएका छन्। शनिबार धनगढीमा सम्पन्न भएको सम्मेलनबाट आचार्य सर्वसम्मत चयन भएका हुन।
त्यस्तै समितीको उपाध्यक्षमा राजकुमार राना, सचिवमा गणेश योगी, सहसचिवमा सृजना परियार चयन भएका छन्। त्यसैगरी समितीको कोषाध्यक्षमा सरस्वती सापकोटा, सचिवालय सदस्यमा लेखराज आचार्य र वेद जोशीगरी २७ सदस्यीय समिती गठन भएको छ।
कमेन्ट लोड गर्नुस