सुदूरपश्चिमका सचिवहरुलाई प्रभावकारी रुपमा काम गर्न मुख्यमन्त्रीको निर्देशन
२०७६ माघ २४, ०६:२८
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सचिवहरुलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकमा सबै मन्त्रालयका सचिवहरुलाई मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुसार प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका हुन्।
मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले सबै मन्त्रालयका सचिवलाई उक्त निर्देशन दिएको जानकारी दिए।
कमेन्ट लोड गर्नुस