सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा स्कुल बसको ठक्करबाट एकजना गम्भीर घाईते

२०७६ माघ २४, ०४:५२ खबर संवाददाता

कैलालीमा स्कुल बसको ठक्करबाट एकजना गम्भीर घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ स्थित सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै एडभान्स एकेडेमीको से १ क ७१२ नम्बरको बसको ठक्करबाट सोही स्थानका अन्दाजी ४५ वर्षीय खड्कबहादुर घर्तीमगर गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घर्तीमगरको टाउकोमा चोट लागेको छ। उनलाई कोहलपुर रेफर गरिएको छ।  
   
 

कमेन्ट लोड गर्नुस