सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पूर्व एसपीले दिवंगत छोराको सम्झनामा गरे ५ कठ्ठा जग्गा दान

२०७६ माघ २४, ०२:०५ खबर संवाददाता

कैलालीमा नेपाल प्रहरीका पूर्व प्रहरी उपरिक्षक एसपीले दिवंगत छोराको सम्झनामा वडा कार्यालयलाई जग्गा दान गरेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ दीपनगरका पूर्व एसपी चिरनजिवी देवकोटाले वडा कार्यालय भवन निर्माणका लागि ५ कठ्ठा जग्गा दान गरेका हुन्।

अमेरिकामा पौडी खेल्ने क्रममा दिवंगत भएका जेठो छोरा अपुर्णकोे सम्झनामा देवकोटाले वडा कार्यालयलाई जग्गा दान गरेका हुन्। बुधबार मालपोत कार्यालय धनगढी पुगेर उनले वडा कार्यालयको नाममा ५ कट्ठा जमिन पास गरे। आमफाँटा शिबिर भन्दा पाँच सय मिटर टाढा रहेको जमिन दान गरेको बताईएको छ।

मान्छे मरेर जान्छ तर त्यही मान्छेले दिएको दान अजम्मरी हुन्छ, आफूले दिवंगत छोराको सम्झनामा वडा कार्यालयलाई जग्गा दान गर्न पाउदा निकै खुशी भएको उनले बताए। वडा कार्यालयलाई जग्गा दान गरेकोमा वडा नम्बर ८ का वडा अध्यक्ष भीम बोगटीले जग्गाधनीलाई धन्यावाद व्यक्त गरेका छन्। जग्गा दान गर्ने चिरनजिबि देवकोटालाई नगरपालिकाले विशेष सम्मान गर्ने उनले बताए।  

 

कमेन्ट लोड गर्नुस