सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भीरबाट खसेर युवकको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७६ माघ २४, ०१:०२ खबर संवाददाता

कैलालीमा भीरबाट खसेर युवकको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ नुवाकोट भीरबाट खसेर स्थानीय अन्दाजी ३४ वर्षीय प्रेमबहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बीहिबार बिहान खसी बोका खरिद गर्न भनी हिडेका रावत आज बिहान घाईते अवस्थामा फेला परेका थिए।

आफन्तले भीरबाट उद्दार गरी अस्पताल ल्याउँदै गर्दा बटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस