सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा वडा अध्यक्ष मृत्यु प्रकरणः पीडित परिवारसँग सहमतिपछि शव उठाइदै

२०७६ माघ २३, ०२:१४ खबर संवाददाता

अछाम: संकास्पद अवस्थामा मृत भेटिएका अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको शव उठाउने सहमति भएको छ।

नगरकार्यपालिकाको बैठकले विभिन्न निर्णय गरेपछि शव उठाउन पीडित परिवार सहमत भएका छन्।

नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाका अनुसार अनुसन्धान नटुंगिदासम्म वडा र नगरका सम्पूर्ण सरकारी काम काज बन्द गर्ने, बिनायक बजारमा धामीको सालिक स्थापना गर्ने, मृतकका ३ सन्तानलाई १२ कक्षा सम्म नगरपालिकाले अध्यापन गराउने निर्णय गरिको छ। 

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्था भेटिएका थिए। प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ। हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण हालसम्म पोष्टमार्टम समेत हुने नसकेको हो।

४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
 

कमेन्ट लोड गर्नुस