रुस्लान भोडकाबारे फैलाइएको भ्रमबारे कम्पनीको आपत्ति
समाजीक सञ्जाल तथा विभिन्न समाचारमा रुस्लान भोडकाबारे फैलाइएको भ्रमबारे कम्पनीले आपत्ति जनाएको छ। कम्पनीले विज्ञप्ति निकालेर भेड्काबारे प्रेषित भ्रामक समाचारबारे गम्भीर ध्याकआकर्षण भएको जनाइएको छ।
विज्ञप्तिमा भनीएको छ ‘रुस्लान भोड्का अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोड्का हो। पारखीको स्वाद र सन्तुष्टि प्रतिको प्रतिवद्धताकै कारण रुस्लान विभिन्न अन्तराष्ट्रिय अवार्डहरुबाट सम्मानित समेत भएको छ।’
विप्तिमा अगाडी भनीएको छ ‘पारखीको पहिलो रोजाइ बन्न सफल रुस्लान प्रतिको यहाँको साथ आउने दिनमा पनि कायम रहने विश्वास गर्दै तथ्यहिन र भ्रामक समाचारको पछि नलाग्नहुन विनम्र अनुरोध गर्दछौं।’