सुदूर नेपाललाई विश्वसँग जोड्दै

लसुनको मुल्य तीन गुणाले बढ्यो

२०७६ माघ २३, ०८:०१ खबर संवाददाता

पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ। गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ। पछिल्लो एकमहिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो। 

चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल लसुनमा आत्मनिर्भर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट लसुन आयात गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस