अब रुस्लान देश बाहिर पनि
नेपालको अति लोकप्रिय रुस्लान भोड्काले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गर्न थालेको छ।
अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि देख्न सकिने छ।
नेपाली बजारमा पारखीको पहिलो रोजाईको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी वजारमा पनि आफ्नो अमित छाप छोड्न सफल हुनेमा विश्वस्त रहेको जावलाखेल गु्रप अफ इण्डष्ट्रिज्का ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले बताए ।
रुस्लान विगत चार दशक देखि पारखीको स्वाद र सन्तुष्टीलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोड्का हो।