सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शैक्षिक मेला सुरु

२०७६ माघ २२, ०६:५६ खबर संवाददाता

धनगढीमा दुई दिने शैक्षिक मेला सुरु भएको छ। धनगढीस्थित ओम प्यालेसमा बुधबारदेखि सुरु भएको शैक्षिक मेलामा बिभिन्न विश्वविद्यालय तथा विद्यालयका स्टलहरु राखिएका छन्।

प्रमाणपत्र तह अध्ययन गरीसकेपछि विद्यार्थीहरुले भौतारीनु पर्ने बाध्यता रहेकोले सहजताका लागि दुई दिने शैक्षिक मेलाको आयोजना गरीएको हिमालयन एजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिले जनाएको छ। कार्यक्रमा बोल्दै प्रमुख अतिथि तथा प्रदेश साँसद डिल्लीराज पन्तले शैक्षिक मेलाको माध्यमबाट विद्यार्थीहरुलाई उचित शैक्षिक सँस्था रोज्न सहजता हुने बताए।

आयोजक हिमालयन् एजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक भरतराज जोशीले स्नातकोत्तर अध्ययनका लागि विद्यार्थीहरुलाई उचित विश्वविद्यालयको विषयमा जानकारी दिन समेत मेला आयोजना गरीएको बताए।

कमेन्ट लोड गर्नुस