सुदूर नेपाललाई विश्वसँग जोड्दै

निशुल्क स्वास्थ्य सेवाबाट बञ्चित पारिएको गुनासो

२०७६ माघ २२, ०६:५४ खबर संवाददाता

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीले स्वास्थ्य क्षेत्रमा नागरीकले भोगिरहेका समस्याको विषयमा छलफल गरेको छ। कार्यक्रममा सहभागी अधिकाशंले सिमान्तकृत वर्ग, गरीव, असहाय अझै पनि सरकारबाट पाउने निशुल्क स्वास्थ्य सेवाबाट बञ्चित भएको गुनासो गरेका छन्।

राष्ट्रिय अपाङ्ग महासंघ कैलालीकी प्रिया खड्काले अपाङ्गता भएका व्यक्तिहरु अझै पनि उचित उपचार पाउनबाट बञ्चित रहेको बताईन्। यस्तै गैर सरकारी संस्था महासंघ कैलालीका सचिव चेतमान साउँदे गरीब, सिमान्तकृत नागरीकले अस्पतालहरुबाट छुट पाउन नसकेको बताए। 

उनले नीजि स्वास्थ्य सँस्थाहरुले गरीब, असहाय वर्गलाई सरकारको मापदण्ड अनुसार स्वास्थ्य सेवामा पाउनु पर्ने छुट नदिएको बताए। राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख झंकर रावलले नागरीकले स्वास्थ्य क्षेत्रमा भोगिरहेका समस्यालाई सम्वोधन गर्न सम्बन्धीत निकायले ध्यान दिनुपर्ने सुझाव दिए।

कमेन्ट लोड गर्नुस