धनगढीमा १ सय ५० यात्रुलाई निःशुल्क हेल्मेट वितरण
धनगढी: सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरीयाले १ सय ५० जनालाई निःशुल्क हेल्मेट वितरण गरेको छ। बुधबार धनगढी बजार क्षेत्रमा ट्राफिक प्रहरीले मोटरसाईकल पछाडी सवार १ सय ५० यात्रुलाई हेल्मेट वितरण गरिएको हो।
जगदम्बा सिमेन्ट प्रालिसँगको सहकार्यमा संघीय प्रहरी इकाई कार्यालय अगाडिको सडकखण्डमा यात्रुलाई हेल्मेट वितरण गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख लोकेन्द्र श्रेष्ठले बताए। सुदूरपश्चिमका लागि ३ सय ५० हेल्मेट पठाईएकोमा आज एक सय ५० हेल्मेट वितरण गरिएको हो।
पछाडी बस्ने यात्रुले हेल्मेट लगाउन आवश्यक रहेको बताउँदै प्रहरीले सुरक्षित यात्राका लागि हेल्मेटको फित्ता लगाउन अनुरोध समेत गरेको छ।