सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेसका सदस्य पन्त र गुरुङको जन्म दिनमा सहयोग

२०७६ माघ २२, १२:४७ खबर संवाददाता

सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमको   आपतकालीन असहाय सहयोग कोषका सदस्य भावना पन्त र सुप्रिया गुरुङको जन्म दिनको अवसरमा सहयोग गरिएको छ।  दुवै जनाले जन्म दिनको अवसरमा धनगढीको आमाको माया छात्रवासमा आश्रित असहाय विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेका हुन्।

हेल्प फर ह्याप्पीनेसले छात्रवासमै आयोजना गरेको कार्यक्रममा विद्यार्थीका लागि आवश्यक पर्ने एक सय ५६ थान शैक्षिक समाग्री र  दैनिक आवश्यकताका सामान सहयोग गरिएको छ। आश्रीत विद्यार्थीलाई एक सय ५६ थान कापी, डटपेन, इरेजर, कटर, चामल, दाल, साबुन, सर्फ,तेल बिस्कुट लगायतका सामान हस्तान्तरण गरिएको हेल्प फर ह्पाप्पीनेसले जनाएको छ।

सामाग्री हस्तान्तरण कार्यक्रममा हेल्प फर ह्यप्पिनेस टिम  सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी, आपतकालीन असहाय सहयोग कोषका संयोजक केशव पौडेल, उप–संयोजक पुजा लामा, भेटेनेरी टीमका सदस्य लगायतका उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्दै  हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमको आपतकालीन असहाय कोषकी सदस्य गुरुङले जन्म दिनको अवसरमा असहाय विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरिन्।

यस्तै अर्की सदस्य पन्तले आश्रममा आश्रीत विद्यार्थीको अध्ययनमा सहयोग पुगोस भन्ने उद्देश्यले शैक्षिक समाग्री हस्तान्तरण गरिएको बताईन्। संस्थाका संयोजक घनश्याम भण्डारीले  पनि ह्याप्पीनेसको खुसी नपुगेको स्थानमा खुसी पुगाउने उद्देश्यले नै दुवैजनाको जन्म दिनको अवसरमा आमाको माया छात्रबासमा आश्रीत विद्यार्थीलाई सहयोग गरिएको बताए।

असहायसंग संस्थाका सदस्यको जन्मोत्सव कार्यक्रमलाई निरन्तरता दिने क्रममा पन्त र गुरुङको जन्म दिनमो अवसरमा पनि सहयोग गरिएको उनले बताए। 

 

कमेन्ट लोड गर्नुस