सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा वडा अध्यक्ष हत्या प्रकरण : छानबिनको माग गर्दै बिनायक बजार बन्द

२०७६ माघ २२, ०८:५६

अछामको पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष हत्याको निष्पक्ष छानबिन माग गर्दै बुधबार बिहानैदेखि विनायक बजार बन्द गरिएको छ। मृतकका आफन्तहरुले पञ्चदेवल बजारमा बिहानैदेखि टायरबालेर सडक बन्द गरेका छन्। आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्।

सवारी आवगमन पनि बन्द गरिएको छ। पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी को हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन्। अनुसन्धानका लागि प्रहरीको टोली धनगढीबाट अछाम पुगेको छ। तालिम प्राप्त कुकुरसहितको टोलीले बुधबार अनुसन्धान प्रक्रिया सुरु गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीले बताए।

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको गोठमा उनको शव भेटिएको थियो।

 

कमेन्ट लोड गर्नुस