भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी कार्यालय बझाङको भवन उद्वघाटन
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङको नवनिर्मित भवनको उद्वघाटन गरेका छन्। महानिरीक्षक खनालले भिडियो कन्फे्रन्स मार्फत भवनको उद्घाटन गरेका हुन्। ८ करोड ६९ लाख १८ हजारको लागतमा निर्माण गरिएको भवनको उद्धघाटन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङको परिसर कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेस भवनको निर्माण सम्पन्न भएपछी उद्वघाटन गरिएको हो। सो क्रममा महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्न इमान्दार एवम् कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका छन्।
अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न संघसंस्था तथा नागरिकहरुसँग समन्वय र सहकार्य गरी थप प्रभावकारी रुपमा सचेतनामूलक कार्यक्रम संचालन गर्न समेत उनले निर्देशन दिए।
कार्यक्रम सुर्मा गाउँपालीकाका प्रमुख, जयपृथ्वी नगरपालीकाका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, साईपाल गाउँपालिकाका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न कार्यलयका कार्यालय प्रमुखहरु, जयपृथ्वी नगरपालिकाका वडा अध्यक्षहरु, सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो।