कैलालीमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीया बालिका घाइते
कैलाली: कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा भजनी नगरपालिका– ४ की ८ वर्षीया जानकी चौधरी रहेको प्रहरीले जनाएको छ।
मंगलबार साझ नम्बर नखुलेको मोटरसाइकलले भजनी–सुख्खड सडकखण्डमा बालिकालाई ठक्कर दिइ फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरिक्षक दक्षकुमार बस्नतले बताए।
ठक्करबाट बालिकाको घाँटीको हड्डी र दायाँ खुट्टामा चोट लागेकाले प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा सामान्य उपचारपछि थप उपचारका लागी उनीलाई कोहलपुर रिफर गरिएको बस्नेतले बताए।
फरार रहेका चालक सम्पर्कमा आइसकेको र उनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।