खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजलको मुल्य घट्यो
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ। पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ। मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ।