सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ब्राउन सुगरसहित दुईजना पक्राउ

२०७६ माघ २०, ०६:३०

धनगढी: प्रहरीले धनगढीबाट लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– ४ का २१ वार्षीय रोहन साउद र गोदावरी नगरपालिका– १ बस्ने प्रेम बम रहेको प्रहरीले जानकारी दिएको छ। 

धनगढी उपमहानगरपालिका– ४ मा लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक हेमराज भट््टको कमाण्डमा खटिएको टोलीले २ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगरसहित दुवै जनालाई पक्राउ गरेको हो।  

पक्राउ परेका दुवै जनामाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस