धनगढीबाट युवक वेपत्ता
धनगढीबाट युवक वेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडी बस्ने २३ वर्षीय किरण शाही वेपत्ता भएका हुन्। शाहीका परिवारले सुस्त मनस्थितीका उनी आईतबार धनगढीबाटै सम्पर्क विहिन भएकाले देख्ने भेट्नेलाई प्रहरीकोमा सम्पर्क गरिदिन आग्रह गरेका छन्।
गहुँगोरो वर्णका शाही अन्दाजी पाँच फिट उचाई, कालो टोपी, कालो जकेट, खैरो ट्राउजर र चप्पल लगाएको उनको परिवारले जनाएको छ। शाही बोल्न नसक्ने अवस्थाका छन्।