सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवक मृत्यु प्रकरण : प्रहरीद्धारा एम्बुलेन्स र चालक नियन्त्रणमा

२०७६ माघ १९, १२:२१ खबर संवाददाता

कैलालीको लम्कीचुहा नगरपालिकामा शनिबार मोटरसाईकल दुर्घटना भएर युवक मृत भेटिएको विषयमा प्रहरीले  ठक्कर दिएको आशंकामा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालयले शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा ६ मा से२प १८५० नम्वरको मोटरसाईकल दुर्घटना भई २२ बर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका घटनाको अनुसन्धानका लागि मोरकेर सेवा समाज लम्कीले सञ्चालन गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको जनाएको छ।

एम्बुलेन्स चालकलाई पनि नियन्त्रण लिईएको छ तर घटना अनुसन्धानकै क्रममा रहेकाले पूर्ण विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ। युवकले चलाएको मोटरसाईकललाई एम्बुलेन्सले ठक्कर दिएको आशंका गरिएको छ।

स्थानीयले पनि गाडीको ठक्करबाट युवकको मृत्यु भएको भन्दै शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए भने आज पनि राजमार्गमा अवरोध सिर्जना गरेपछि प्रहरीले बल प्रयोग गरी अवरुद्ध पार्न दिएको छैन्। 
 

कमेन्ट लोड गर्नुस