सुनको भाउ तोलाको ७६ हजार पाँच सय रुपैयाँ
हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ। सुनको भाउ आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि गएको पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो। त्यसपछि घटेर ७४ हजार रुपैयाँसम्म झरेको सुनको भाउ फेरि बढेर आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको हो।
यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ।