सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ!

२०७६ माघ १९, ०८:२४ खबर संवाददाता

ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ पुगेको छ। 

काठमाडौ उपत्यकामा ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ पुगेको हो। शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य किलोको दुई सय ७० रुपैयाँ तोकिएपछि आइतबारदेखि तयारी मासु किलोको चार सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन्। यो अहिलेसम्मकै धेरै मूल्य हो। गएको मङ्सिरको अन्तिम हप्ता तयारी मासु नै किलोको दुई सय ६० रुपैयाँमा झरेपछि ब्रोइलर कुखुराका चल्ला उत्पादकले चल्ला र अण्डा नष्ट गरेका थिए।

एक हप्ता लामो चल्ला ’होलिडे’ अन्तर्गत ४० लाख चल्ला र ६० लाख निशेचित अण्डा नष्ट गरिएपछि त्यसैको प्रभाव स्वरुप अहिले देशभर ब्रोइलर कुखुरा अभाव भएपछि मासुको भाउ बढेको हो। यसअघि काठमाण्डौ उपत्यका र आसपास ब्रोइलर कुखुरा अभाव भएमा व्यवसायीले बाहिरी जिल्लाबाट कुखुरा मगाउने गरेको भए पनि यस वर्ष सबैतिर ब्रोइलर अभाव भएको छ।

अहिले तराईका जिल्लामै जिउँदो ब्रोईलर कुखुरा किलोको दुई सय ४० र काठमाण्डौ उपत्यकामा किलोको दुई सय ७० तोकिएको व्यवसायीले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस