सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा घरेलु मदिरा बरामद गरि नष्ट

२०७६ माघ १८, ०१:३० खबर संवाददाता

अछाममा एक सय ६६ लिटर घरेलु मदिरा नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछाम मातहत ईलाका प्रहरी कार्यालय विनायक अछामबाट खटिएको गस्ति टोलीले पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ खालीगाउँमा मदिरा नष्ट गरेको हो।

सोहि नगरपालिका वडा नम्बर ३ का गणेश रोकाया लगायत ४ जना महिलाहरुको समुहले कालापानीबाट विनायक बजार तर्फ लैजाँदै गरेको अवस्थामा मदिरा बरामद गरि नष्ट गरेको अछाम प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस