सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा साढे ४ हजार छाउगोठ भत्काईयो

२०७६ माघ १८, ११:०८ खबर संवाददाता

अछाममा प्रहरीले साढे ४ हजार छाउगोठ भत्काएको छ। पुष ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत स्थानीय प्रशासनले साढे ४ हजार बढि छाउगोठ भत्काईएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामले हाल सम्म चार हजार पाँच सय ८७ वटा छाउगोठ भत्काईएको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले शुक्रबार सम्म जिल्लाका १० स्थानीय तहका चार हजार पाँच सय ८७ छाउगोठ भत्काएको दिनेश खबरलाई बताए। उनका अनुसार शुक्रवार सम्म सबैभन्दा बढी जिल्लाको चौरपाटी गाउँपालिकामा ८ सय ५३ छाउगोठ भत्काईएको छ।

यस्तै मंगलसेन नगरपालिकामा पाँच सय चार, ढकारी गाउँपालिकामा छ सय ५४, साफेबगर नगरपालिकामा चार सय ६४, तुर्माखाद गाउपालिकामाचार सय ४९, मेल्लेख गाउँपालिकामा चार सय २७, ३ पञ्चदेवलबिनायक नगरपालिकामा तीन सय ३१, ४ कमलबजार नगरपालिकामा दुई सय ३०, बान्नीगढी जयगढ गाउँपालिकामा चार सय ३०, रामारोसन गाउँपालिकामा दुई सय ७२ छाउगोठ भत्काईएको प्रहरी निरिक्षक अवस्थीले बताए।

कमेन्ट लोड गर्नुस