सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नेकपाका वडा कमिटी अध्यक्षमाथि कुटपिट

२०७६ माघ १८, ०६:४७ खबर संवाददाता

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्वर १० का नेकपा वडा कमिटी अध्यक्ष प्रकाश लावडमाथि कुटपिट भएकोछ। शुक्रवार दिउसो २ बजे वडा कार्यालयकै प्रागंणमा लावडमाथि कुटपिट भएको हो।

स्थानिय त्रिलोक बिष्टले कुटपिट गरेको पीडित लाबडले बताए। ‘तिमिहरुलाई संकटकालमा बचाउने हामी हौँ, तँ माओबादी भनेर एक्कासी कुटपिट ग¥यो, म बेहोस भएर ढले। बल्लतल्ल बाँच्न सफल भएँ’ पीडित लावडले भने। 

कुटपिटमा संग्लन बिष्टलाई जिल्ला प्रहरी कार्यालय बैतडीले आजै पक्राउ गरेकोछ। 

कमेन्ट लोड गर्नुस