बुवाको सम्झनामा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
बैतडी: बुवाको सम्झनामा बैतडीको सुर्नयाको गाउँपालिका–५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकालाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ।
स्वर्गीय बुवा गणेश मडैको सम्झनामा छोराहरु मोहन मडै, लक्ष्मी मडै, रिजन मडै र मुना मडैले उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्म आमा तथा बुवा गुमाएका ४० जना बालबालिकालाई पोशाक र शैक्षिक साम्रगी वितरण गरेका हुन।
सरस्वती पुजाको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि स्वर्गीय गणेश मडैकी श्रीमती जयमती मडैले उक्त सामग्री प्रधानाध्यापकमार्फत वितरण गरेकी हुन।
१४ वर्ष अघि स्वर्गीय भएका बुवाको सम्झना उक्त परिवारले विगतदेखि नै विद्यालयमा पोशाक र शैक्षिक सामग्री वितरण गर्दै आएको छ।