बाजुरामा जीप दुर्घटना हुँदा ५जना घाईते
बाजुरा - जिल्लाको जगन्नाथ गाउँपालिकामा जीप दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। पिलुचौबाट बिरामी लिन जगनाथ गईरहेको जीप बिच बाटामै दुर्घटना भएको प्रहरीले जनाएको छ। जगन्नाथ गाउँपालिकाको गणेल खोलामा जीप अनियन्त्रित भर २ सय ५० मिटर तल खस्दा ५ जना घाईते भएका हुन्।
घाइते हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका बिक्रम सुनार, स्वामिकार्तिक ३ जुकोट बस्ने खगराज शाही र बुढिनन्दा नगरपालिका वडा नम्वर ८ का वीरबहादुर धामी लगायतका ५ जना घाईते भएका छ्न। घाईते मध्य चालक बिक्रम सुनारको अवस्था गम्भीर रहेको छ अन्य ४ जनाको अबस्था सामान्य रहेको स्थानियले बताएका छन्। घाइतेको उपचार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भईरहेको छ।