बहुबिवाह गरेको भन्दै बैतडीमा युवक पक्राउ
बैतडी: बैतडीमा प्रहरीले बहुबिवाह गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। मंगलबार सिगास गाउँपालिका– ९ का ३० वर्षीय हरिमल बिकलाई बहुबिवाह गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
बिकले गत पुसमा दोस्रो बिवाह गरेको भन्दै बिककी पहिलो श्रीमती भागरथीले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो। पक्राउ परेको बिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।