सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रमण बर्षको एक महिना : सुदूरपश्चिममा पर्यटन प्रवर्द्धनका गतिविधि शून्य जस्तै

२०७६ माघ १४, ११:५९ भुवन भट्ट

धनगढी : नेपाल भ्रमण वर्ष २०२० सुरु भएको एक महिना पुग्दै लाग्दा समेत सुदूरपश्चिममा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन हुन सकेका छैनन्। सरकारी स्तरबाट पर्यटन प्रवद्र्धनका लागि गतिविधी हुन नसक्दा सुदूरपश्चिम भित्रिने पर्यटकहरु अहिले पनि अन्योलमा पर्ने गरेका छन्।

भ्रमण वर्ष सुरु भएको एक महिना पुग्नै लाग्दा सुदूरपश्चिमका तीन नाकाबाट आईतबार सम्म १५ हजार ७ सय ७८ पर्यटक नेपाल भित्रिएका छन्। तर सुदूरपश्चिम भित्रिएका पर्यटकले भने जानकारीको अभावमा निश्चित क्षेत्र मात्रै घुमेर फर्किनु परेको बताएका छन्। 

कैलालीको त्रिनगर भन्सारबाट नेपाल भ्रमणका लागि आएका भारतिय पर्यटक वाहित खानले जानकारीको अभावमा निश्चित क्षेत्रमा पुगेर फर्किनु परेको गुनासो गरे। ‘पर्यटकीय क्षेत्रको जानकारी नै छैन्,’ उनले भने, ‘सीमा क्षेत्रमा सबै जानकारी प्राप्त भए घुम्न चाहेको ठाउँमा पुग्न सहज हुने थियो।’

आफुलेको सुनेको ठाउँ घुमेर मात्रै फर्किनु परेको गुनासो भारतीय पर्यटक सुभम गुप्ताले गुनासो गरे। सुदूरपश्चिमका तीन नाका कैलालीको खक्रौला, त्रिनगर र कञ्चनपुरको गड्डाचौकीबाट आउने पर्यटकको तथ्याङक संकलन गरिरहेको ट्राफिक प्रहरीले पनि सरकारी स्तरबाट पर्यटन प्रवद्र्धनका कार्यक्रम नहुँदा पर्यटकलाई सास्ती भईरहेको जनाएको छ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले पर्यटकलाई कुन पर्यटकिय स्थल कति दुरीमा छन् ? भन्ने विषयमा पनि जानकारी नहुँदा समस्या भएको बताए। पर्यटकले कुन स्थलको अवस्था कस्तो छ, बस्ने व्यवस्था, लगायत मनोरञ्जनका लागि उपयुक्त वातावरण रहेकोनरहेको विषयमा प्रदेश सरकारले जानकारी उपलब्ध गराउन नसकेको उनले बताए।   

उचित जनशक्ति परीचालन गर्न नसक्दा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा चुकेको कतिपयको बुझाई छ। तर प्रदेशको प्रर्यटन मन्त्रालयले भने प्रर्यटकिय सुचना केन्द्र राख्ने तयारी अन्तीम चरणमा रहेकाले छिट्टै पर्यटकहरुलाई केही सहजता हुने दावी गरेको छ।

मन्त्रालय मातहतको पर्यटन बिकास योजना कार्यान्वयन इकाइका प्रमुख किशोर अर्यालले स्विकार समेत पर्यटकीय क्षेत्रको पर्याप्त जानकारी राख्न नसकेको स्विकार गरे। उनले छिट्टै पर्यटकको सहजताका लागि विभिन्न कार्यक्रमहरु ल्याईने बताए। 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस