सुदूर नेपाललाई विश्वसँग जोड्दै

हजारको नोटमा दुईवटा हात्ती

२०७६ माघ १३, १२:२० खबर संवाददाता

अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ। अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको हो। अहिले हजारको नोटमा एउटा हात्तीको तस्बिर देखिन्छ। अब त्यहि ठाउँमा नेपाली हात्तीको तस्बिर राखिने निर्णय भएको हो, नोट डिजाइनर सुन्दर श्रेष्ठले हजारको नोट देखाउँदै भने।

जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट ४ महिनाभित्र छापिएर आउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। नोटमा नेपालमै पाउने हात्तीको चित्र राख्नुपर्छ भनेर नोट डिजाइन कमिटीले पास गरेपछि त्यो अनुसार राष्ट्रिय प्रकृति संरक्षण विभाग, वन्यजन्तु तथा संरक्षण विभागले उपलब्ध गराएको चित्रलाई आधार बनाएर नोटको डिजाइन गरिने उनले बताए। प्रचलनमा रहेको हजारको नोटमा समावेश हात्ती कुन मुलुको भनेर अझै यकिन भइसकेको छैन।

कमेन्ट लोड गर्नुस