अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न
कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न भएको छ। गत २७ पुसबाट सुरु भएको महोत्सव आईतबार समापन भएको हो।
‘सम्वृद्ध सुदूरपश्चिम प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नाराका साथ अत्तरिया उधोग वाणिज्य संघको आयोजनामा पाँचौं सस्करणको प्रादेशिक महोत्सव अत्तरियामा समापन गरिएको छ। नेपाली काँगे्रश सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता डाक्टर रणबहादुर राबलले महोत्सवको समापन गरेका हुन्। अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाको सभापतित्वमा भएको समापन कार्यक्रममा डाक्टर रणबहादुर राबल, धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, गोदावरी नगरपालिकाका उप–प्रमुख रत्ना कडायत र नेपाल उधोग वाणिज्य महासंघ सुदुरपश्चिम अध्यक्ष शंकर बोगटी लगाएतको सहभागिता रहेको थियो।
१३ दिन सम्म संचालन भएको महोत्सवमा ढाई लाख दर्शकहरुले अबलोकन गरेको आयोजकले जनाएको छ। महोत्सवमा दैनिक स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति थियो। अत्तरियामा रहेको लामी तालमा डुगां यसरको ब्यबस्था, रमाईलो मेला , बाल उधान, बिभिन्न प्रकारका एक सय ५० स्टल महोत्सवमा थिए।