धनगढीमा आयोजित वाइवाइ एसईई क्विजको अडिसनमा ऐश्वर्य विद्या निकेतन विजयी
धनगढी: धनगढीमा आयोजित वाइवाइ एसईई क्विजमा ऐश्वर्य विद्या निकेतन विजयी भएको छ। प्रभात शैक्षिक मञ्चको आयोजनामा भएको वाइवाइ एसईई क्वीज धनगढी अडिसनमा उक्त विद्यालय विजयी भएको हो।
धनगढीको ग्यालेक्सी माध्यमिक विद्यालयको सहआयोजनामा भएको अडिसनमा आठ विद्यालय सहभागी थिए। अडिसनमा यस्तै मिलन इङिग्स बोर्डिङ स्कूल द्वितिय भएको छ भने क्याम्पस रोडमा रहेको एरिष्टो इङिग्स बोर्डिङ तृतिय भएको छ।
सुदूपश्चिमका ११ स्थानमा अडिसन सम्पन्नपछि धनगढीका संस्थागत विद्यालयहरूका लागि आयोजित यो अडिसन यस सिजनको १२औं अडिसन हो। धनगढीका सामुदायिक विद्यालयहरूको लागि त्रिनगर माध्यमिक विद्यालयमा अडिसन प्रतियोगिता हुँदैछ। यसपछि कंचनपुरका महेन्द्रनगर र गुलरियामा साथै कैलालीका फूलबारी, टिकापुर, चुरे र गैरिगंगामा प्रतियोगितात्मक अडिसन हुन बाँकी रहेका छन्।
धनगढीका संस्थागत विद्यालयहरूको प्रतियोगितात्मक अडिसन विजेता विद्यार्थीले मेडल, प्रमाण पत्र, विभिन्न शैक्षिक सामाग्री सहित वाइवाइ र रेडिकल एकेडेमीका तर्फबाट गिफ्ट ह्याम्पर, छात्रवृत्ती प्राप्त गरेका छन्।
प्रथम हुने टिमले आउँदो वैशाख ४ गते धनगढीमा आयोजना हुने प्रदेश स्तरीय यस प्रतियोगिताको फाईनलमा सहभागी हुने अवसर पाउनेछ। फाईनलमा प्रथम हुने टोलीले नगद पुरस्कार नगद ३० हजारका साथमा प्रमाणपत्र, ट्रफी, मेडल, विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् भने विजेता टोलीका टोलीका हरेक विद्यार्थीलाई एसइई पछिको ब्रिजकोर्षमा १०० प्रतिशत छात्रवृत्ति र कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिनेछ।
प्रतियोगिताको फाईनल विजेतालाई कक्षा ११ र १२ मा छात्रवृत्ति पनि प्रदान गरिनेछ। यस प्रतियोगिताको फाइनल दोस्रो र तेस्रो हुने टोलीले क्रमशः नगद पुरस्कार नगद १५ हजार र ५ हजारका साथमा प्रमाणपत्र, ट्रफी, मेडल,विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।