कैलालीमा लागु औषध सहित किशोर पक्राउ
कैलाली: कैलालीमा ६ ग्राम लागु औषध ब्राउन सुगरसहित एक किशोर पक्राउ परेका छन्। गएराति जिल्लाको भजनी नगरपालीका वडा नम्बर ३ बर्दवाफाटा पथरियाघाट जानेबाटोमा शंकास्पद रुपमा हिडिरहेका अवस्थामा लम्कीचुहा नपा ६ बस्ने १७ वर्षीय किशोरलाई लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
किशोर विरुद्ध लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। किशोर १८ वर्ष मुनिका भएकाले नाम गोप्य राखिएको छ।