मानव सेवा आश्रम धनगढी शाखालाई सहयोग
मानव सेवा आश्रम धनगढी शाखालाई खाद्यान्न सहयोग गरिएको छ। मदिरा व्यवसायी संघ कैलालीले दश हजार एक सय ४० रुपैँया बराबरको खाद्य सामाग्री सहयोग गरिएको हो।
संघका कैलाली अध्यक्ष पुष्कर भाटले आश्रमलाई खाद्य सामाग्री हस्तान्तरण गरेका थिए। यस्तै जन्म दिनको अवसरमा सोहि संघका महासचिव ईन्द्र सेठीले ५ हजार ५ सय ५० रुपैँया सहयोग गरेका कैलाली उद्योग वाणिज्य संघका सचिव शिद्धराज पनेरुले जानकारी दिए।