सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोरीको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७६ माघ १२, ०६:२३ खबर संवाददाता

धनगढी : छोरीको जन्मदिनको अवसरमा एक दम्पतीले धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेका छ। धनगढी उप–महानगरपालिका– ४ निवासी खगेश्वर विनाडी र सुमन विनाडीले छोरीको जन्मदिनमा मानव सेवा आश्रमलाई खाद्यान्नसहित नगद सहयोग गरेका हुन। 

आइतबार छोरी शुयंशाको पाँचौँ जन्मदिनको अवसरमा विनाडी परिवारले आश्रमको शाखामा उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

पछिल्लो समय होटेल तथा रेस्टुराहरुमा तामझाम गरेर मनाइने कार्यक्रमभन्दा असहायहरूलाई सहयोग गरेर समाज सेवाको भावना सबैमा जागृत गराउन सहयोग गरिएको उनीहरुले बताए। 

कमेन्ट लोड गर्नुस