सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आगलागीबाट ५० हजारको क्षती

२०७६ माघ १२, १२:०९ खबर संवाददाता

धनगढीमा भएको आगलागीबाट ५० हजार बराबरको क्षती भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ को तिल्केतालका ६० वर्षीय बिरेन्द्र चन्दको पक्की घरमा पक्की भान्छा घरमा ग्यास सिलिण्डरबाट लागेको आगोले ५० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले आगलागीबाट विद्युतको मिटर, प्लाष्टिकका भाडा लगायतका सामान जलेर उक्त मूल्य बराबरको क्षती भएको जानकारी दिए। आगे प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो। 

कमेन्ट लोड गर्नुस