सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बृहत महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु

२०७६ माघ ११, ०७:५० खबर संवाददाता

धनगढी: शनिबारदेखि धनगढीमा बृहत महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। उप–महानगरपालिका– १२ मा रहेको मनकामना यूवा क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले गरेका  छन्।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले धनगढी उप–महानगरपालिका खेलकुदको हव भएको बताएका छन्। ‘खेलकुलको विकासका लागि वडातहमा स्तरीय खेलमैदान निर्माणका काम भैरहेका छन्। केहि वडामा खेलमैदान निर्माण भैसकेको र बाँकी वडामा तयारी भैरहेको छ’ उनले भने। 

नगरप्रमुख वडले खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको बताए। उनले भने, ‘स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतिकै महत्वपुर्ण रहेको छ।’ 

त्यस्तै उद्घाटन कार्यक्रमा बोल्दै धनगढी उप–महानगरपालिका वडा नं १२ का अध्यक्ष गणेश प्रशाद जोशीले वडा कार्यालयले खेलकुदलाई प्राथमिकतामा राखेर रहेक वर्ष बजेटको व्यवस्था गर्ने गरेको बताए। 

उद्घाटन समारोहको अध्यक्षता आयोजक मनोकामना क्लबका अध्यक्ष डिवि थापाले गरेका थिए। फुटबल प्रतियोगिता माघ २० गते सम्म चल्ने कार्यतालिका रहेको छ। प्रतियोगितामा पुरुषका १६ वटा र महिलाका १४ वटा टिम गरि ३० वटा टिमहरु सहभागि छन्। 

 

 

कमेन्ट लोड गर्नुस