सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्ली एकेडेमीको अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न

२०७६ माघ ११, ०७:२७ खबर संवाददाता

धनगढी स्थित ग्ली एकेडेमीको नयाँ कार्यसमितिले आज पहिलो कार्यक्रम गरेको छ। नयाँ कार्य समिति आएपछि एकेडेमीले अभिभावकत्व ग्रहण कार्यक्रम गरेको हो। सोही अवसरमा एकेडेमीले दुई वटा अन्तराष्ट्रिय संञ्जालसंग सम्झौता पनि गरेको छ।

प्रि स्कुलका लागि भारतको जेआइई र माथिल्लो कक्षाका लागि सार्क एजुकेशन फाण्डेसंग सम्झौता भएको हो। विद्यालयकी सञ्चालक तथा भाईस प्रिन्सिपल तारा पल्लवीले अन्तराष्ट्रिय सञ्जालसंग जोडिएसंगै नयाँ शैक्षिक सत्रदेखि अन्तराष्ट्रिय मापदण्ड अनुसार विद्यालय सञ्चालन हुने बताईन्।

कैलाली वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पदमराज जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम विद्यालयका सञ्चालक गोविन्द अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।

कमेन्ट लोड गर्नुस