सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता जारी, शनिबार तिन खेल सम्पन्न

२०७६ माघ ११, ०७:०१

धनगढी: धनगढीमा जारीे प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा शनिबार तीन खेल सम्पन्न भएका छन्। कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा भईरहेको प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा शनिवार भएका खेलमा ब्रोडभिजन एकेडेमी शारदा मावि र राष्ट्रिय तुल्सीराम मावि विजयी भएका छन्। 

शनिवारको पहिलो खेलमा शारदा माविले धनगढी नमुना माविलाई ६५ रनले हरायो। शारदाले पहिले व्याटिङ गर्दै १११ रन बनायो। प्रतिउत्तरमा  धनगढी नमुना ४६ रनमा अलआउट भयो। 

दोस्रो खेलमा राष्ट्रिय तुल्सीराम माविले क्यास्पीयन एकेडेमीलाई ४ विकेटले हरायो। क्यास्पीयनले पहिलो व्याटिङ गर्दै ५६ रन बनायो। प्रतिउत्तरमा राष्ट्रिय तुल्सीरामले ६ विकेट क्षतिमा लक्ष्य भेटायो। 

शनिबारकै तेस्रो खेलमा व्रोडभिजन एकेडेमीले त्रिभुवन माविलाई ६ विकेटले हरायो। पहिलो व्याटिङ गर्दै त्रिभसवनले ६६ रन बनायो। प्रतिउत्तरमा व्रोड भिजनले ४ विकेट क्षतिमा विजयलक्ष्य भेटायो। 

प्रतियोगिता अन्तरगत आईतवार दिन तीन खेल हुनेछन्। पहिलो खेलमा एरिषेट स्कुल र लिटिल फ्लावर स्कुल, दोस्रो खेलमा शारदा मावि र राष्ट्रिय तुल्सीराम मावि तथा तेस्रो खेलमा धनगढी नमुना मावि र क्यास्पीयन एकेडेमी प्रतिस्पर्धा गर्नेछन्। आठ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि झण्डै एक लाख खर्च हुने अनुमान गरिएको छ। 

प्रतियोगितामा सहभागी टीमलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ए मा व्रोड भिजन एकेडेमी, एरिष्टो ईङलिस स्कुल, त्रिभुवन मावि र लिटिल फ्लावर स्कुल रहेका छन्। त्यसैगरी समुह वी मा राष्ट्रिय तुलसीराम मावि, शारदा मावि, क्यास्पीयन एकेडेमी र धनगढी नमूना मावि रहेका छन। 

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा भईरहेको छ।

 

कमेन्ट लोड गर्नुस