सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अनुसन्धान विधी र प्राज्ञिक लेखन सम्बन्धी कार्यशाला सम्पन्न

२०७६ माघ ११, ०६:२० खबर संवाददाता

धनगढी: धनगढीमा अनुसन्धान विधी र प्राज्ञिक लेखन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा भएको दुई दिने कार्यशाला सम्पन्न भएको हो।

कार्यशालामा सुदूरपश्चिमका ९ वटै जिल्लाका बिभिन्न पब्लिक क्याम्पसका प्राध्यापकहरुको सहभागीता रहेको थियो। पब्लिक क्याम्पस प्राध्यापक संघका सुदूरपश्चिम संयोजक मानबहादुर जोराले प्राध्यापकको क्षमता अभिबृद्धीका लागी कार्यशाला आयोजना गरिएको बताए।

कार्यशालामा प्राध्यापकहरु नृपवहादुर कुँवर र गगन वहादुर खड्काले अनुभव साटासाट गरेका थिए। जोराको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथी कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पदमराज जोशी रहको थिए भने अतिथीमा सह प्राध्यापक डाक्टर रामचन्द्र विनाडी र डाक्टर राजेन्द्रविर चन्द रहेका थिए।

कमेन्ट लोड गर्नुस