सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट काम गरी फर्किएका युवक बाजुरामा मृत भेटिए

२०७६ माघ ११, ०४:१५ खबर संवाददाता

बाजुरा: बाजुरामा भारतबाट काम गरी फर्किएका एक युवक मृत भेटिएका छन्। जिल्लाको बडिमालिका र बुढीनन्दा नगरपालिकाको बीचमा रहेको पोरखेलेकको हिउँमा भारतको मुम्बईबाट काम गरी घर फर्किएका युवक मृत भेटिएका हुन। 

बुढीनन्दा नगरपालिका ९ गुईदेली घर भएका २२ वर्षका पुरन ल्वार पोरखे लेक स्थित लल्लरे खोलामा हिउँले पुरिएको अवस्थामा भेटिएको शसस्त्र प्रहरी बल मार्तडीले बताएको छ।

मृतकको पहिचान भएपनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली पुग्न बाँकी छ। ल्वार रोजगारीको शिलशिलामा भारतको मुम्बईमा लामो समयदेखि काम गर्दै आएका थिए। घटना स्थलबाट ल्वारको घर मात्र १ घण्टाको दुरीमा पर्दछ। 

कमेन्ट लोड गर्नुस