सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिनामा अछामका ३५ सय छाउगोठ भत्काईयो

२०७६ माघ ११, १२:०१ खबर संवाददाता

धनगढी : अछाममा स्थानीय प्रशासनले एक महिनाको अवधीमा ३५ सय ९२ छाउगोठ भत्काएको छ। गत पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत माघ १० गते सम्म छाउगोठ भत्काईएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले १० गते सम्म जिल्लाका १० स्थानीय तहका तीन हजार पाँच सय छाउगोठ भत्काएको दिनेश खबरलाई बताए।

उनका अनुसार शुक्रवार सम्म सबैभन्दा बढी जिल्लाको चौरपाटी गाउँपालिकामा ५ सय ३५ छाउगोठ भत्काईएको छ।

यस्तै साफेबगर नगरपालिकामा ४ सय ६३, तुर्माखाद गाउँपालिकामा ४ सय ३०, मेल्लेख गाउँपालिकामा ३ सय ८४, पञ्चदेवलविनायक नगरपालिकामा २ सय ६६, मंगलसेन नगरपालिकामा ३ सय ५, रामारोशन गाउँपालिकामा २ सय १४, ढकारी गाउँपालिकामा ५ सय ३१, कमलबजार नगरपालिकामा १ सय ४५ र बान्नीगढीजयगढ गाउँपालिकामा २ सय ३८ छाउगोठ भत्काईएको प्रहरी निरिक्षक अवस्थीले बताए।

कमेन्ट लोड गर्नुस