सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रोवोटीक्स प्रतियोगिता सम्पन्न

२०७६ माघ ११, ०७:२५ खबर संवाददाता

धनगढीमा रोवोटिक्स प्रतियोगिताको सम्पन्न भएको छ। द्युई दिन सम्म चलेको प्रतियोगितामा विभिन्न ६ विद्यामा प्रतिस्पर्धा गराईएको थियो।

प्रतियोगितामा कैलाली, कञ्चनपुर, पोखरा र भारतबाट प्रतिस्पर्धीहरु सहभागी भएका थिए। ड्रोन रेस, रोबोट रेस, रोबोट ब्याटल, रोबोटिङ फुटबल, लायन फलोर र डिजायन च्यालेन्जमा प्रतिस्पर्धा गराईएको रोबोटिक्स एशोसियसन अफ फारवेष्टले जनाएको छ। प्रतियोगितामा कैलाली गेटाकोे सरस्वती मावि प्रथम भएको छ। यस्तै एक्सिस विद्या आश्रम हसनपुर द्धिृतिय भएको छ। प्रथम हुने विद्यालयका विद्यार्थीलाई ५ हजार नगद तथा द्धिृतियलाई ३ हजार नगद पुरस्कार दिईएको रोबोटिक्स सुदूरपश्चिमका अध्यक्ष दीपक बिष्टले जानकारी दिए।

यस्तै दोश्रो बिद्या यन्त्र ड्रोन रेसीङ अन्र्तगत भागेश्वरी एकेडेमी हेल्थ एण्ड साईन्स प्रथम भएको छ भने शारदा मावि दोश्रो र सरस्वती मावि तेश्रो भएको छ। जसअन्र्तगत प्रथम हुने विद्यालये ५ हजार द्धिृतियले ३ हजार र तृतियले २ हजार नगद पुरस्कार पाएका छन्। यन्त्र म्यानिवल रेस विधा अन्र्तगत स्टेपिङ स्टोनस्कुल प्रथम भएको छ भने एक्सिस विद्या आश्रम द्धिृतिय भएको छ।

प्रथम हुनेले ५ हजार र द्धितिय हुनले ३ हजार नगद पुरस्कार पाएका छन्। यस्तै अर्को विधामा गेटाको सरस्वती माध्यामिक विद्यालय प्रथम भएको छ। त्यस्तै पोखरा विश्वविद्यालय दोश्रो भएको छ भने जेके स्कुल अत्तरीया तृतिय भएको छ। प्रथम हुनले ४ हजार, दोश्रोले ३ हजार र तृतियले २ हजार नगद पुरस्कार पाएका छन्। अर्को विद्या अन्र्तगत भारतको देहरादुन स्थीत क्वान्टम युनिभरसिटि प्रथम, सरस्वती माध्यामिक विद्यालय गेटा द्धिृतिय र क्वान्टम युनिभरसिटि तृतिय भएको छ। जस अन्र्तगत प्रर्थम लाई ४ हजार, द्धिृतियलाई ३ हजार र तृतियलाई २ हजार नगद पुरस्कार दिईएको सुदूरपश्चिम अध्यक्ष बिष्टले जानकारी दिए।

त्यस्तै अन्तिम विधा यन्त्र डिजाईन च्यालेन्ज अन्र्तगत एभरेष्ट एकेडेमी अत्तरीया प्रथम, क्यास्पीयन एकेडेमी धनगढी द्धिृतिय र एभरेष्ट एकेडेमी अत्तरीया तृतिय भएको छ। जसमा प्रथम हुनेले २५ सय, द्धिृतियले १५ सय र तृतिय हुने टिमलाई एक हजार नगद पुरस्कार दिईएको आयोजकले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस