सुदूर नेपाललाई विश्वसँग जोड्दै

विं.स.१९८३ को बजार भाउ

२०७६ माघ ११, ०५:४२ खबर संवाददाता

पैसा सस्तो र वस्तुरसेवा अचाक्ली महँगो भएको हेर्दा विं.स.१९८३ को बजारभाउ पत्याइनसक्नुको लाग्छ। मुद्राको मूल्य महँगो भएको कस्तो जमाना थियो त्यो ९३ वर्षअघि अर्थात १९८३ सालमा।  नेपालमा मिन्ट पातला सुन एक तोलाको २८ रुपैयाँ २५ पैसा पथ्र्याे।

चाँदी प्रतितोला ७५ पैसा। अहिले भने गएको २ माघको मूल्य अनुसार छापावाल सुन प्रतितोला रु ७४ हजार ७०० र चाँदी प्रतितोला ८८५ पर्छ। त्यस वेला मट्टीतेल एक कुरुवा (दुई माना) को ५८ पैसा, तामाका भाँडा प्रतिधार्नी ५ रुपैयाँ ३६ पैसा, काँसका भाँडा पिटुवा ८ रुपैयाँ २५ पैसा र ढलुवा ६ रुपैयाँ ५० पैसा पर्ने रहेछ। 

–यस्तो छ, दरभाउपत्र अंकित पुस्तक

वस्तु सस्तो, पैसा महँगो
त्यसवेला सुनलाई ६ स्तरमा विभाजन गरिंदो रहेछ। मिन्ट पातला सुन प्रतितोला २५ रुपैयाँ २५ पैसा, नेशनल ब्याङ्कको रहेछ भने २८ रुपैयाँ ४४ पैसा, कलदार डबल असर्फी एकको रु।३३, नेपाली पालिसदार असर्फी एकको ३५, नेपाली डबल एकको ३२ र गिनी सिक्का (२२ क्यारेट) एकको १७ रुपैयाँ ५० पैसा पथ्र्यो।

कति सस्तोमा सामान पाइने युग, अर्को शब्दमा पैसा कति महँगो रहेछ। खानेकुरामा आलु प्रतिधार्नी १६ पैसा, मकैको पीठो २५ पैसा र मैदाको ४० पैसा रहेछ। गहुँ रु।१ को ३ मुरी रे १ भोटबाट ल्याइने नून रु।१ को ६ पाथी ५ माना आउँथ्यो। त्यतिवेला काठमाडौं खाल्डोमा बिजुली आइसकेको थियो।

एक युनिट बिजुलीको २ आना पथ्र्यो। एक आनामा चार पैसा हुन्थ्यो। टेलिफोन गर्दा एक शब्दको एक पैसा पथ्र्यो।
१७ वर्षमा सुन ६० रुपैयाँ पुग्यो
वि।सं। १९९६ भदौमा शुरू भई ६ वर्षसम्म चलेको दोस्रो विश्वयुद्धको बाछिटा विश्वभरि नै फैलिएको थियो। युद्धभूमि नेपाल नभए पनि प्रभाव यहाँसम्म पर्दा बजारभाउ एक्कासी उकालो लाग्यो। वि।सं। १९८३ मा तोलाको रु।२८ हाराहारी पर्ने सुन १७ वर्षको अन्तरालमा दोब्बर भन्दा पनि बढी पर्न लाग्यो ।

वि।सं २००० मा सुन प्रतितोला रु।६० पुग्यो। चाँदी भने अलि सस्तिएछ, १९८३ मा तोलाको ७५ पैसा पर्ने चाँदी २००० मा ६० पैसामा झरेछ। आलु पनि सस्तिएर धार्नीको १६ पैसाबाट १० पैसामा पाइन लागेछ। चामल महँगिएछ। मसिनु चामल पाँच मानाको रु।१ तथा मार्सी, मन्सरा, तौली चामल एक पाथीको रु।१ पर्न लागेछ।

गहुँको पीठो र मैदा रु।१ को जम्मा एक पाथी मात्र आउन थालेछ। घ्यू एक पाउको २५ पैसा, तेल एक कुरुवाको ६० पैसा पुगेछ । २००० सालताका चिनी एक पाउको १० पैसा, कुखुराको फुल प्रतिगोटाको ४ पैसा पर्ने रहेछ । त्यस्तै, पेट्रोल एक ग्यालनको २ रुपैयाँ ५० पैसा र मट्टीतेल एक मानाको १० पैसा पर्न लागेछ। दूध पनि प्रति माना १० पैसा नै पर्दो रहेछ।

सानो इँटको बोक्ने ज्याला समेत गरी एक हजारको १०, देशी ठूलो इँट भने बोक्ने ज्याला सहित १२ रुपैया पर्ने रहेछ। पलाञ्चोके जुत्ता एक जोरको रु।१, फुलमार चुरोट एक खिल्लीको १ पैसा र खसीको मासु एक पाउको १० पैसा थियो। लुगा सिउने सियो एक पैसाको १२ वटा आउने रहेछन्। 
 

कमेन्ट लोड गर्नुस