सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा: श्रीमान विदेशमा, यता अर्कैको गर्भ बसेपछि गर्भपतन ! पुगिन प्रहरीको खोरमा

२०७६ माघ १०, ०६:०० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा अवैध गर्भपतन गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको नगरपालिका अमरगढी–५ की २२ वर्षीय हरिना भट्ट र वडा नम्बर ४, तल्लो खलंगा घर भई हाल अमरगढी नगरपालिका–५, बागबजार बस्ने ३६ वर्षीय डम्बरबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

अवैध गर्भपतन गरेको अभियोगमा प्राप्त जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। महिलाको परिवारबाट प्रहरीमा जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुबै विवाहित हुन्। पक्राउ परेकी महिलाका श्रीमान वैदेशिक रोजगारीको शिलसिलामा विदेशमा छन्।

गर्भपतनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस