सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिपक मनाङेविरुद्ध उजुरी दिने एन्फाका अध्यक्ष मिलन गुरुङ पक्राउ

२०७६ माघ १०, ०३:१४ खबर संवाददाता

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिलन गुरुङ (दीपक मनाङे)विरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन्।

प्रहरीले बैंकिङ कसुरमा अनुसन्धानका लागि अदालतको अनुमति पाएपछि उनलाई नियन्त्रणमा लिएको छ। 

जिल्ला अदालत कास्कीले गुरुङविरुद्ध बैंकिङ कसुर, ठगीलगायतको आरोपमा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

कमेन्ट लोड गर्नुस